Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)

मुक्तक (युवराज बन्दी )

फर्कि आउने आश्वसन दिएर धोका दियौ किन ?
चोटमाथी चोट झन झन दिएर धोका दियौ किन ?
कति पीडा बोध गरे मैले तिमीले महशुस गरेकी छ्यौ
जिन्दगी सुम्पिने बचन दिएर धोका दियौ किन ?

युवराज बन्दी

Continue Reading | comments

मुक्तक : त्यो दिलमा चोट लागे यता आँशु गिर्छ [ खतिवडा सानू ]


त्यो दिलमा चोट लागे यता आँशु गिर्छ
तिमी उता छटपटाउँदा यता मुटु चिर्छ
छातीभरि मडारिन्छ अनगिन्ति माया
सम्झना भै आउँछ अनि हृदयमा छिर्छ ll

-खतिवडा सानु
हेटौडा

Continue Reading | comments

दिलमा बसेर दिल, दुखाएर गई

नाम :- राज कुमार धिमाल
ठेगाना :- बर्दिबास ३ महोत्तरी (हाल हेटौंडा)
💔💔💔💔💔💔💔💔💔

दिलमा बसेर दिल, दुखाएर गई ।।
अनि आँशुको मुहान,फुटाएर गई ।।

हसाउने रमाउने, हजार छन् यहाँ,,
तर एउटै मान्छेले, रुवाएर गई ।।

यति धेरै चोट दिई,चोट माथी उस्ले,,
र त चोटैले ती चोट,भुलाएर गई ।।

माया नगरेकी हैन,औधी गर्थी माया,,
था' छैन कसरी मन, बुझाएर गई ।।

तिमी बिना मर्छु भन्थी,भन्दिन धोका दिई,
साथ छोड्नुको कारण, लुकाएर गई ।।

Continue Reading | comments

नेपाली कविता : पर्खाइ [कमल ढुङ्गाना एक्लो तारा ]

कविता( पर्खाई)

एकाएक कोही टाढीए
मुटुबाट मुटु झिकेर
टाढा गईकी रहेछीन सदाका लागी
मेरो समीपबाट
मेरा नयनहरु रत खोजीरहेका छन
कुरीरहेका छन मेरा नजरहरुले
गहभरी ताल बनाएर
झर्छन अश्रुका धाराहरु
तर झरेका छैनन्
तिम्रा तस्विरहरु अश्रुसँगै
सायद ति तस्विरहरु पुन मेरो अघी
प्रत्यक्ष भौतीक शरीर धारण गरेर उभीनेछन
भौतारीन पठाएको छु
क्षितिज पारी मेरा नयनहरुलाई
र म पर्खेर बसेको छु
उनी फर्कीने आशमा...
उनलाई देख्न तल्लिन छन मेरा नयनहरु
म बुढो भएछु
मेरो भौतीक शरीर बुढो भएछ
तर मेरा आशहरु उस्तै नविन हुँदैगएका छन्
नयन पनी थाकेका छैनन् ,
कमजोर भएनछन् नयनहरु
र मेरा नयनका रेटिनाहरु..
मात्र म पर्खीरहेको छु
आफ्नो जिन्दगीलाई जिन्दगी
नभनेरै
गल्ली गल्लीहरूमा ....
बुढो भएर
मात्र कुरीरहेको छु
पर्खेको छु
तिमी फर्कीने आशमा....

★ ★
कमल ढुङ्गाना

एक्लो तारा 

टिकापुर कैलाली.....

Continue Reading | comments

मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )

छाक टार्नलाई मानो कहिल्यै देखिन !
घरको नचुहिने छानो कहिल्यै देखिन !!
मैले उनलाई भेटेको दिन देखी नियाल्दा,
उनका आँखा ओभानो कहिल्यै देखिन !!!
                                     सुरज पराजुली
                                          पोखरा

Continue Reading | comments

जताततै मनको डेरा जमाउनेको माया बढी हुन्छ । ( राम अप्रिय )

विलाशी जिबन

पिज्जा,बर्गर ह्विस्कीसंग रमाउनेको माया बढी हुन्छ ।
धेरै थोरै जे होस् डलर कमाउनेको माया बढी हुन्छ ।
नाम के हो,थर के हो कसलाई यहाँ के को खोजिनिती ;
जताततै मनको डेरा जमाउनेको माया बढी  हुन्छ ।

राम अप्रिय

Continue Reading | comments

नेपाली मुक्तक : जिवन मा तिम्रो कमी सधै भयो सानु

.......……………………………
जिवन मा तिम्रो कमी सधै भयो सानु
माया अभाव मा जुनि यसै गयो सानु
फुल्दै थियौँ तिमी यो मनको बगैचामा
कपिलामै कुन पापिले टिपी लयो सानु
          -------------
    सन्तोष भट्टराई
   हाल मलेसिया

Continue Reading | comments

उदास अनन्त का दुई गजल


-उदास अनन्त
ज्वालामुखी फुट्न सक्छ,भुईँचालो,आउन सक्छ
एक्छिनमा जे नि हुनसक्छ,कसले,बताउन सक्छ

तिमीले कुनै रात सपनीमा,मलाई नदेखेको झोकमा
विचार गरेस्,मेरो आँखा सधैँलाई,निदाउन सक्छ

हमेशा खुशी राख्नेसँग,एउटा खतरा कायम रहन्छ
त्यही मान्छेले आँसु नरित्तिने गरि,रुवाउन सक्छ

तिमी माया दिँदा,लेखाजोखा नगर,दिईमात्रै राख
यो मुटुभित्र कत्ति अटाउन सक्छ,अटाउन सक्छ

संस्कारी घरले छोरीलाई,बडो स्याहार गरेको हुन्छ
र उस्तै परेमा उसैलाई नालीतिर,मिल्काउन सक्छ

भाग्यमानीहरु प्रेमै नगरी,प्रेमिका भेट्टाउने गर्छन्
अभागी प्रेमी,न प्रेम पाउँछ,न प्रेमिका,पाउन सक्छ!


कोसिस असीमित गर्छु तर,थकित हुन्छु
तिम्रा अन्तर्वश्त्रसँगको युद्दमा,पराजित हुन्छु!

तिम्रो पिता बनेकोजस्तो,अभिनय गर्छु
क्षणमै निष्कपट शिशु,सावित हुन्छु

मलाई सुन्नलाई,सहज होस् भनी तिमीलाई
कहिले गजल हुन्छु,कहिले, गीत हुन्छु

गहिरो चुम्बनको रुपमा,सन्चित हुन्छु
अनि गहिरो चुम्बनबाटै, सिन्चित हुन्छु

अन्यौलताको विधेयेक,प्रस्तुत गर्छु टोलाएर
तिम्रो एक मुस्कानद्वारा,पारित हुन्छु!

Continue Reading | comments

डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु



युद्ध  हुन्छ आगो आगो बिच् पानी-पानीको युद्ध हुन्छ।
कस्तो होला युद्ध पनि जवानी-जवानीको युद्ध हुन्छ ।

डुब्दो घाम चियाएर पुर्वीमन उपवास बस्दा यहाँ
लाल किरण छर्नु अगी विहानी-विहानीको युद्ध हुन्छ।

सितको थोपा टिलटिलाउँछ फुलहरूको तरेलीमा
पत्रै-पिच्छे फुलहरूमा कँहानी-कँहानीको युद्ध हुन्छ।

एउटा आँखा पूर्व हेर्दा अर्को पश्चिमी हेर्न पुग्छ,,
एउटै मानव आकृतिमा नानी-नानीको युद्ध हुन्छ।


आज भोली भन्दै यंहा, टार्नेहरू धेरै देखें।
बसी धर्तिमै जून तारा ,झार्नेहरु धेरै देखें।

कस्ता कस्ता चाल ,देखाउँछन ए भगवान
समीप बोलाई,काँडे तारले,वार्नेहरु धेरै देखें।

सायद राजनितीको खेल जस्तै भएर होला,
मिलेको दाजु भाईलाई विग्रारनेहरु धेरै देखें।

सयौं जुनी तिम्रो साथ, छोडदिन् भन्नेहरू नै,
मौसम छोडी बेमौसमी पिर्ती सार्नेहरु धेरै देखें।

सतहबाट हात समाई ,पुगेपछि गोहीराईमा,,
भुमरी र छालमा पारी,आफु तर्नेहरू धेरै देखें।



धनीलाई राजमहल ,गरिवलाई सानो ,घर छैन हजुर।
जति भेल आएपनि नदिको,तिरलाई, डर छैन हजुर।

पाईलै पिछे छुरा हान्नेहरुको जमात छ आज भोली,,
आफ्नै नातेदार मान्छे दाजु भाईको ,भर छैन हजुर।

म ठुलो जाती तिमी सानो जाती भन्दै हिड्छन मान्छे,
यंहा देशप्रेमी देशभक्ति खोज्दा खेरी,तर छैन हजुर।।

तर्साएर आफ्नो बहसमा पार्न ,वरीपरी डुल्छन् यहाँ
आफ्नै तालमा शान्तिले सास फेर्ने,शहर छैन हजुर

धादिङ्ग को चिसो चिसो ,पानी मन पर्यौ।
पानी संगै यंहा नलाङ्गेली,नानी मन पर्यौ।

हेर्दा खेरी ईश्वर ले फुर्सदैमा बनाए जस्तो,
जे हेर्यो तेही राम्रो,मलाई जवानी मन पर्यो।

साँझ पर्यो छुट्टनु पर्ने ,मन दुखाई दुखाई,
भोली भेटने आशामा,विहानी मन पर्यो।।

देखेर मात्रै नपाईने ,मन मिलनु पर्दो रहेछ,
यो डि.पिको मनमा बस्ने,रानी मन पर्यो।।

मेरो देशको पिँडाहरु, खोई दिने को छ हेर।
दु:खेको यो देशलाई ,छोई दिने को छ हेर।।

जता ततै विकाश देख्छु,अनी मन बरालीदा,
नेपालको लागी सुडेनी ,भोई दिने को छ हेर।

काला सेता बादल जस्तै ,मढारीदै छ यो देश,
सावुनले झै देशको मुहार धोई दिने को छ हेर।

कर्कलाको पानी जस्तै बगी जाने जिन्दगीमा ,,
देश जनजिरले बाधीँदा , रोई दिने को छ हेर।।

Continue Reading | comments

मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]

मुक्तक
नारी दिवसको शुभकामना सदाबहार आउँछ
दिवस कै भोली पल्ट नारीमा अत्यचार आउँछ
आजको दिन मात्र किन सम्मान गर्छौ नारीको
पटकपटक नारी नै लुटिएको अखबार आउँछ।।

नानू मगर
किचनास ८ स्याङ्जा
Continue Reading | comments

कविता : जिन्दगीको अध्याय [ बिनोद आचार्य ]

जिन्दगीको एक अध्याय सकिए लगत्तै,
टालिएका आँखाहरु खुलेका छन्!

एका बिहानै क्षितिज सम्म छरिएर
मेरा आँखाले
बिगतमा टागिएका भविष्यको
एक जोडा तस्विर खिचेका छन!

भरे आकाशमा बादल लागेन भने,
एका बिहानै खिचेका एक जोडा तस्बिरहरु
जुनमा लगेर टासिदिन्छु
ता कि भविष्यमा मेरा आँखा टालिएर
अध्यारै-अध्यारो बाटो हिड्नु परे पनि
जुनसँगै चम्किरहुन मेरा भविष्यका
झलकहरु!!

सिङ्गो बृतान्तका कुनै पनि रहस्य
कोट्याइने छैन
र कुनै पनि बिकल्प खोजिने छैन
त्यागका निम्ति
बाँकी जिन्दगीमा!

जिन्दगी भोगाईका थुङ्गा उनेर
जुनेली रातमा
मेरो भविष्य मिश्रित प्रकाशले
चम्किएका हिमकणहरू बटुलेर मात्र
पुरा जिन्दगीको अध्याय अन्त हुनेछ!!

बिनोद आचार्य
रुद्रपुर 9, रुपन्देही
हाल:काठमाडौँ।
Continue Reading | comments

गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]

हो! तिम्लाई मात्र हेरिरँहु लाग्छ आजभोलि
न्यानो अंगालोमा बेरिरँहु लाग्छ आजभोलि

फूल जस्ति पनि तिमी जुन जस्ति पनि तिमी
गीत गजलमा केरिरँहु लाग्छ आजभोलि

मर भनेनि मर्दिन्छु बाँचेको छु तिम्रै लागि
प्रियाको वचन टेरिरँहु लाग्छ आजभोलि

आँखै राम्रो मायालुको रुपको के कुरा
चट्ट पहिरन फेरिरँहु लाग्छ आजभोलि

विश्वासको खेति गर्दा शंकाहरु फल्ने गर्छ
दिलको मझेरीमा घेरिरँहु लाग्छ आजभोलि

-देवराज भन्तना"अपवाद "
20अगस्ट2014
Continue Reading | comments

धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु

प्रकाश बुढाथोकी का गजलहरु 

प्रबु जलन

हरेक पल मन जलाइ दिन्छौ,को हौँ तिमी मेरो ?
घाइते यो मुटु चलाई दिन्छौं ,को हौँ तिमी मेरो ?

बिर्सु भनी लाखौं कोसिस पनि नगरेको कहाँ हो र
,
फेरि मनमा आगो बलाइ दिन्छौं ,को हौँ तिमी मेरो?

न छ भोक न छ प्यास नत यो मन ठेगानमै रहन्छ,
याद पठाई यो देह गलाइ दिन्छौं ,को हौँ तिमी मेरो?

खुसि खोसि चोट दिदै दर्द दिन्छौं पल पल मलाई ,
दुख पीडा, आँसु फलाइ दिन्छौं को हौँ तिमी मेरो ?

केबल तिम्रो लागि मात्र, साराको मन दुखाइ दिन्छु,
तर सबै चोट पीडा मलाई दिन्छौं को हौँ तिमी मेरो?

Continue Reading | comments

केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]


यति धेरै कोहि मान्छे मन पर्छ किन ?
खाएनी लाखौ चोट नजिक सर्छ किन ?
आँखा,मुटु,मस्तिष्क सबै दोषी देख्छु म,
हर पल उनकै सम्झना गर्ने गर्छ किन?
कोहि सङ्ग मेरो साथ छोड्नु पर्नेछ ।
खाएका बाचा कसम तोड्नु पर्नेछ ।
कति हिड्नु उसैको पछी लागि मात्र,
अब त पुरै परिक्रमा मोड्नु पर्नेछ ।

तिमी पनि मायाको भोको छौ भने ।
तन, मन, बचनको चोखो छौ भने ।
मैले पनि नो भन्न कहाँ सकुला र,
भित्री दिल साच्चिकै छोको छौ भने।

बुढा बाले गाई बस्तुको स्वस्ती गर्दैछ्न रे ।
छोरा बिदेस बाईस घण्टा गस्ती गर्दैछन रे ।
बच्चा पढाउन शहर पसेका हाम्रा बुहारिहरु,
हल्ला आउछ्न घरगाउमा मस्ती गर्दैछन रे ।
कोहि उसलाई जिस्काउछ्न रुप देखेर ।
कोहि कोहि जिब्रो रसाउछ्न खुब देखेर ।
फलाम पनि सुन बन्छ जलप पोते पछि,
म यता हासिरहेको छु तिनै बेकुब देखेर 
बाह्रै महिना घरमा बुढी अन्नबाली छर्दा पनि ।
बीस घण्टा तातो रापमा मैले ड्युटी गर्दा पनि ।
अझै पीडा थप्दा प्रभु यस्तो सोच्न बाध्य छु म,
हिरन समेत दिन्नौ होला छट्पटिदै मर्दा पनि ।
भन्दै थियो उ मलाइ माया पनि बिक्छ ।
स्वास्नी राखे बजारमा नानाथरी सिक्छ ।
७ जुनि कसम खाका अन्तै भाग्छ्न भने,
बिहे हैन कृष्ण सर एक्लो बस्न ठिक छ ।
तिम्रो घरमा बिहेको होम चल्दै गर्दा ।
मेरो यता घाटतिर लास जल्दै गर्दा ।
अरु थप के होला सोच्न थाल आफै,
फरक धारका घटनामा आगो बल्दै गर्दा ।।

कृष्ण प्रताप महत
गुल्मी पिपलधारा -३


Continue Reading | comments

नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]

"मुक्तक"
आँखा हैनन् आँखाका ,नानी बनाउदैछु।
समेटेर सिंगो जीवन ,कहानी बनाउदैछु।
एउटा् सुन्दर पिरतीको दरबार छ त्यहाँ ,
मै बनुला राजा तिम्लाई,रानी बनाउदैछु।।

नवीन संघर्ष (सिन्धुली )
Continue Reading | comments

आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]

नानू मगर
किचनास ८ स्याङ्जा
नानु मगर ज्यु का केहि गजल हरु 

आज भन्दा भोली झन मेरो देश डुब्दै छ।
अनि भित्र भित्रै भस्सिएर त्यसै लुक्दै छ।

कति दिन बस्ने हुरि बतास संग लडेर।
सान्ति छैन अझै देशमा भुकम्प घुम्दै छ।

कठै कस्तो भयो होला यो मेरो देश आज।
यहाँ नेपालीको आँशुले मातृभूमी रुझ्दै छ।

नेपाल आमाको सम्झनामा कल्पिदै हामी।
हाम्रो ईतिहास झल्काउन सप्ना बुन्दै छ।

बिचरा रुदै छन् सबै भाब बिहील भएर।
पीडाले निद छैन भोक पियास भुल्दै छ।
Continue Reading | comments (1)

गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]


चस्केला छाती, खाडीमा मदन, ढलेको समय
एक् थोपा आँसु, नझार्नु देह जलेको समय

भौतिक शरीर , भएनी टाढा, म संगै आत्मा छ
भनेर जान्नु, मध्यनी रातमा, छलेको समय

बिछोडले मुटु, दुखेमा अति , सम्झेर भुलिदेउ
यौवन छँदा , काखमा बसी, चलेको समय

धराको हामी, अतिथि रैछौं, दुईदिनको निमित्त
फर्केर उतै, जानु नै पर्छ , गलेको समय

गए म टाढा, आउँदछ भनी, भर पर्नु अबश्य
चुलाको आगो, भर्भर गरी, बलेको समय

युवराज गौतम अन्तरमुखी
कल्लेरी 8
धादिङ
हाल कतार
Continue Reading | comments

नेपाली कविता : मामाको जन्तको तयारी [ प्रकाश अर्याल चुकुप्रकाश ]

प्रकाश अर्याल चुकुप्रकाश 
मलाई छिट्टै
कोट पाइन्ट सिलाउनु छ ।
फेसन अनुसार ,
थोरै टाइट सिलाउनु छ ।
कालो जुत्ता र कालो चस्मा मगाएको छु ।
यसैमा पैसा बगाएको छु ।
मलाइ अत्यन्तै हतार भै सक्यो
मिठा मिठा परिकार खानु छ ।
किनकि ,
मलाई मामाको जन्ती जानु छ ।


हाकिम साप !
मलाई एक हप्ताको बिदा मिलाइदिनुहोस
कोट सिलाएको छैन
दारी कपाल मिलाएको छैन
अर्डरको सामान लिनु छ
पैसा निकालेर दिनु छ ।
जानु पर्यो
आउनु पर्यो
समय त लागिहाल्छ नि ।
बाटो जाम हुन्छ
गाडीको लाम हुन्छ ।
यस्तै त हो नेपालको बाटो सानू छ ।
हो साप
मलाई छुट्टी दिनुहोस
किनकि
मलाई मामाको जन्ती जानु छ ।


म छिट्टै फर्कन्छु
आज जान्छु भोलि आउछु
मात्रै २ दिन त हो प्यारी !
पूरै बाटोभरि फोनमा बोलौला
एक्लोपनको पीडा त्यही खोलौला
खाना समयमा नै खानु
एक्लै पनि कलेज जानु
फेसबुकमा कुरा भैहाल्छ
जाबो २ दिन त हो यत्तिकै गैहाल्छ ।
मलाई बुझ काली
हामी केही दिन छुट्नै पर्छ
मैले पनि घर व्यबहार धान्नु छ ।
किनकि
मलाई मामाको जन्त जानु छ ।


साथी,
घरबाट सुको झर्दैन
कमाएकोले हाम्रो व्यबहार टर्दैन
लौन मलाई सहयोग गर
तिमी बाहेक मेरो को छ र
सुनकोशीमा प्रोजेक्ट परेको छ
काम अघि बढेन
म्याद सरेको छ
केही दिनमा
तेरो साथी मालामाल हुन्छ,
तँ हेर्दै जा,पैसो फालाफाल हुन्छ
तर यार ऐले २० हजार सापटी दे
यौटा बेल्ट पनि सँगै ल्याइदे
मेरो त सार्है अर्धानु छ ।
इमर्जेन्सी छ
किनकी
मलाई मामाको जन्त जानु छ ।



प्रकाश अर्याल 'चुकुप्रकाश'
धादिङ
Continue Reading | comments

कार्यक्रम Muktak Mala - मुक्तक माला को १४६ औँ अंक (२०७२-११-१७)

A Program By Radio Vision
          
रेडियो भिजनको प्रस्तुती : मुक्तक बिशेष मुक्तक माला 

प्रस्तोता : मदन भण्डारी (Add on facebook)
प्रसारण समय :हरेक राती 10:15 आईतबार


कार्यक्रम Muktak Mala - मुक्तक माला को १४६ औँ अंक (२०७२-११-१७) अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । यो अंकमा सधैं झै तपाईंले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेजमा पोस्ट गर्नुभएको गुलिया स्वादिला मुक्तक साथै सवाल जवाफ मुक्तक पनि वाचन गरिएको छ । कार्यक्रम सुनी सकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह , सुझाब ,प्रतिकृया भए यसै कमेन्ट बक्समा राख्न सक्नुहुन्छ ।। 

Continue Reading | comments

कार्यक्रम मुक्तक माला को १४५ औँ अंक (२०७२-११-१०)

A Program By Radio Vision
          
रेडियो भिजनको प्रस्तुती : मुक्तक बिशेष मुक्तक माला 

प्रस्तोता : मदन भण्डारी (Add on facebook)
प्रसारण समय :हरेक राती 10:15 आईतबार


कार्यक्रम Muktak Mala - मुक्तक माला को १४५ औँ अंक (२०७२-११-१०) अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । यो अंकमा सधैं झै तपाईंले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेजमा पोस्ट गर्नुभएको गुलिया स्वादिला मुक्तक साथै सवाल जवाफ मुक्तक पनि वाचन गरिएको छ । कार्यक्रम सुनी सकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह , सुझाब ,प्रतिकृया भए यसै कमेन्ट बक्समा राख्न सक्नुहुन्छ ।।

Continue Reading | comments

कार्यक्रम Muktak Mala - मुक्तक माला को १४४ औँ अंक (२०७२-११-०२)

A Program By Radio Vision
          
रेडियो भिजनको प्रस्तुती : मुक्तक बिशेष मुक्तक माला 

प्रस्तोता : मदन भण्डारी (Add on facebook)
प्रसारण समय :हरेक राती 10:15 आईतबार


कार्यक्रम Muktak Mala - मुक्तक माला को १४४ औँ अंक (२०७२-११-०२) अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । यो अंकमा सधैं झै तपाईंले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेजमा पोस्ट गर्नुभएको गुलिया स्वादिला मुक्तक साथै सवाल जवाफ मुक्तक पनि वाचन गरिएको छ । कार्यक्रम सुनी सकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह , सुझाब ,प्रतिकृया भए यसै कमेन्ट बक्समा राख्न सक्नुहुन्छ ।।

Continue Reading | comments

कार्यक्रम मुक्तक माला को १४३ औँ अंक (२०७२-१०-२४) - मुक्तककार रश्मि रोदन सँगको बिशेष कुराकानी

A Program By Radio Vision
          
रेडियो भिजनको प्रस्तुती : मुक्तक बिशेष मुक्तक माला 

प्रस्तोता : मदन भण्डारी (Add on facebook)
प्रसारण समय :हरेक राती 10:15 आईतबार

कार्यक्रम Muktak Mala - मुक्तक माला को १४३ औँ अंक (२०७२-१०-२४) अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । यो अंकमा मुक्तककारRashmi Rodan जी सँगको बिशेष कुराकानी सुन्न सक्नु हुन्छ । कार्यक्रम सुनी सकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह , सुझाब ,प्रतिकृया भए यसै कमेन्ट बक्समा राख्न सक्नुहुन्छ ।।

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger