Dharmaraj Neupane |
उ जुन देखि डराउछ तारा देखि डराउछ
गरीब निमुखा र सर्वहारा देखि डराउछ
मुक्ति आन्दोलनमा बुबा सहिद भएपछि
रुकुम देखि डराउछ खारा देखि डराउछ
पोहोर मधेसमा ठुलै आतङ् हुँदा पहाडे
सिराहा सर्लाही अनि बारा देखि डराउछ
उ फटाहा थियो चुनाव जितेर गयो
संविधानको के कुरा धारा देखि डराउछ
धर्मराज न्यौपाने , किर्तीपुर
काठमाडौ
No comments:
Post a Comment